मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । लुटपाटको घटनामा संलग्न दुई व्यक्ति हतकडीसहित भाग्न खोजेपछि महोत्तरीमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।गोली लागेर दुबै जना घाइते भएका छन् । दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ ।  अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घाइते हुनेमा रौतहटको गरुडा नगरपालिका–४ पानी ट्याङ्कीबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान छन् ।

प्रहरीको गाडी बिग्रिएर महोत्तरीको सीमाबाट अर्को गाडीमा लैजानेक्रममा हतकडीसहित भाग्न खोजेपछि उनीहरुलाई गोली हानेर नियन्त्रणमा लिइएको गिरीले बताए ।

कात्तिक २० गते, सोमबार बिहान २ः ३० बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो । मूल ढोका फुटाएर करिब ६–७ जनाको समूहमा घरभित्र छिरेका लुटेराहरुलेहतियारसहितको समूहले लुटपाटका क्रममा घरमा रहेका व्यक्तिलाई समेत घाइते बनाएका थिए । डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीया शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीया खिमा चौधरी घाइते भएका थिए ।लुटपाटको घटनापछि अनुसन्धानमा रहेको प्रहरीले विशेष सूचनाको आधारमा हिजो मंगलबार गरुडा क्षेत्रमा सर्च अभियान चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो । ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद १ लाख ७५ हजार रुपैयाँ चोरी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP