शुक्रबार , बैसाख १९, २०८२

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीलाई दीपावलीको शुभकामना दिँदै संघीय सरकारबाट अधिकार लिनका लागि सहयोग मागेका छन् ।

मुख्यमन्त्री यादवले आईतवार विहान जारी गरेको शुभकामना सन्देश मार्फत संघ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै गुहार मागेका हुन । संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको उनको गुनासो छ । ‘संविधान बनेको आठ वर्ष बितिसक्यो तर संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा छ ।’ उनले मधेशी जनतालाई भनेका छन् ,
‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’

प्रकृतिले पनि अपेक्षित रूपमा साथ नदिँदा बालीनालीमा असर परेकाले किसान, मजदुर र गरिबलाई सकस परेको उल्लेख गर्दै उनले अब सरकार विकासको मार्गमा दायाँबायाँ कतै नगरी लाग्ने प्रतिबद्धता जनाएका छन् ।

‘जनताको मंगल नै हाम्रो अभीष्ट हो’,  शुभकामना सन्देशमा भनिएको छ, ‘यो बाहेक सरकारको कुनै मार्गचित्र छैन । हामीले सपनाहरूलाई नयाँ आयाम दिनु छ ।’ नयाँ ऊर्जा र विश्वासका साथ सेवामा समर्पित हुने उनको प्रतिबद्धता छ ।

‘मधेशमा ब्रम्ह मुहूर्तमा सूप बजाउँदै दरिद्र भगाउने र माता लक्ष्मीलाई स्वागत गर्ने आफ्नै खालको विशिष्ट संस्कृति र परम्परा छ’, मुख्यमन्त्री यादवले प्रदेशवासीलाई भनेका छन्, ‘चारैतिरबाट दियोको प्रकाशले तपाईँहरूको जीवनमा रहेको अँध्याराहरू मेटेर सुख, समृद्धि, सौभाग्य ल्याओस् भनी कामना पनि गर्दछु ।’

madhesh_statement.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP