मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीलाई दीपावलीको शुभकामना दिँदै संघीय सरकारबाट अधिकार लिनका लागि सहयोग मागेका छन् ।

मुख्यमन्त्री यादवले आईतवार विहान जारी गरेको शुभकामना सन्देश मार्फत संघ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै गुहार मागेका हुन । संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको उनको गुनासो छ । ‘संविधान बनेको आठ वर्ष बितिसक्यो तर संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा छ ।’ उनले मधेशी जनतालाई भनेका छन् ,
‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’

प्रकृतिले पनि अपेक्षित रूपमा साथ नदिँदा बालीनालीमा असर परेकाले किसान, मजदुर र गरिबलाई सकस परेको उल्लेख गर्दै उनले अब सरकार विकासको मार्गमा दायाँबायाँ कतै नगरी लाग्ने प्रतिबद्धता जनाएका छन् ।

‘जनताको मंगल नै हाम्रो अभीष्ट हो’,  शुभकामना सन्देशमा भनिएको छ, ‘यो बाहेक सरकारको कुनै मार्गचित्र छैन । हामीले सपनाहरूलाई नयाँ आयाम दिनु छ ।’ नयाँ ऊर्जा र विश्वासका साथ सेवामा समर्पित हुने उनको प्रतिबद्धता छ ।

‘मधेशमा ब्रम्ह मुहूर्तमा सूप बजाउँदै दरिद्र भगाउने र माता लक्ष्मीलाई स्वागत गर्ने आफ्नै खालको विशिष्ट संस्कृति र परम्परा छ’, मुख्यमन्त्री यादवले प्रदेशवासीलाई भनेका छन्, ‘चारैतिरबाट दियोको प्रकाशले तपाईँहरूको जीवनमा रहेको अँध्याराहरू मेटेर सुख, समृद्धि, सौभाग्य ल्याओस् भनी कामना पनि गर्दछु ।’

madhesh_statement.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP