मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।  गरेको चालु वर्षको तीन महिनाको असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएकोमा  १ खर्ब ३६ अर्ब असोजमा आएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो। चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्‍वात्तै बढेको छ।

बाह्‍य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न सकेको छैन। तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ।

चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ। भदौमा ८।५ प्रतिशत रहेको महँगीदर असोजमा ७।५ प्रतिशतमा झरेको छ। यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्‍ने सरकारको लक्ष्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP