मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।

इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले कुनै कार्यक्रम वा सरकारी कामको सिलसिलामा काठमाडौँ उपत्यकाबाहेकका अन्य जिल्ला भ्रमण गर्नुपर्ने भएमा सोही कार्यक्रमबाट सवारीसाधन र इन्धनको व्यवस्था गर्नुपर्ने छ । त्यसरी इन्धन उपलब्ध हुन नसक्ने अवस्थामा भ्रमण आ

सरकारले अहिले राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई मासिक एक सय लिटर इन्धन र त्रैमासिक रूपमा पाँच लिटर मोबिल तथा बे्रक आयल उपलब्ध गराउँदै आएको छ । निर्देशिका अनुसार सोही इन्धनबापत अबदेखि त्यस्तो सुविधा प्राप्त गर्ने कर्मचारीले नगद नै प्राप्त गर्ने भएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनको साटो नगद नै उपलब्ध गराउने व्यवस्था सुरु गर्ने घोषणा गरेको थियो । सोहीबमोजिम अर्थ मन्त्रालयले उक्त निर्देशिका तयार गरेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

देश स्वीकृत गर्न पदाधिकारीबाट स्वीकृत भएबमोजिमको इन्धन तथा सवारीसाधनको व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP