मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । आयोजक भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाईनलमा प्रवेश गरेका दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच सेमिफाईनल भीडन्त पनि पक्का भएको छ । तर अब एक टोलीको अझै टुंगो लागेको छैन । अर्थात पहिलो से

१० टोली सहभागी विश्वकपमा अब सेमिफाइनलको एक स्थानका लागि तीन टोली होडमा छन् । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान सेमिफाईनल होडमा छन् ।
न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीनै टोलीको समान ८ अंक छ । यी तीन टोलीबीच नेट रेटरेटले मात्र अघि-पछि छन् ।

न्युजिल्याण्ड रनरेटका आधारमा अघि छ । उसको रन रेट प्लस ०.३९८ छ भने पाकिस्तानको प्लस ०.०३६ छ । अफगानिस्तानको माइनस ०.३३८ छ ।तीनै टोलीले चार खेल जित्दा चारमा हार बेहोरेका छन्, त्यसैले अबको आफ्नो खेल मात्रै होईन, अब हुने तीन खेल तीनवटै टोलीका लागि महत्वपूर्ण छ, किनकी एक अर्काको परिणामले पनि उनीहरुलाई प्रभाव पर्नेछ ।

आज न्युजिल्याण्डले श्रीलंकासँग खेल्दैछ भने अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिका र  पाकिस्तानले शनिबार इंग्ल्याण्डसँग खेल्नेछ । न्युजिल्याण्डले संघर्ष गरिरहेको श्रीलंकासँग बेंगलुरुमा खेल्दैछ । तर बिहीबार बेंगलुरुमा पानी पार्ने सम्भावना रहेकोले यो खेल मौसममा पनि भर पर्नेछ । न्युजिल्याण्डलाई प्रतियोगितामा रहिरहन यो खेल जित्नुपर्ने आवश्यकता छ ।
यस्तै पाकिस्तानले इंग्ल्याण्डसँग खेल्दा सेमिफाइनल पुग्न जित्नैपर्ने अवस्था छ । त्यसपछि अन्य खेलको नतिजामा पनि भर पर्नु पर्नेछ ।न्युजिल्याण्ड र अफगानिस्तानको खेल पछि पाकिस्तानले खेल्ने हुँदा पाकिस्तानलाई योजना बनाएर खेल्ने अवसर हुनेछ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तानका लागि भने जितको विकल्प छैन । अफगानिस्तानले सेमिफाइनल पुग्न दक्षिण अप्रिकालाई हराउनुपर्नेछ भने अन्य दुई खेलको नतिजा पनि हेर्नुपर्नेछ ।

मिफाईनलमा भारतसँग भीड्ने टिमको टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP