मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन गर्नेछ  ।बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।

‘७ बुँदे कार्य’ मा केन्द्रीत रहने दुई महामन्त्रीले ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनेछन् ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ ।

उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन कांग्रेसले गरेको छ ।

सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ । केही सांसदले व्यक्तिगत रुपमा छुट्टै सहयोग गरेका छन् । नेविसंघ, तरुण लगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरि आर्थिक संकलन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP