मंगलबार , बैसाख २९, २०८३

त्रिवेणी (रुकुम पश्चिम) । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् ।

भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए । “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो”, उनले भने।

उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पुर्‍याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरे ।

“राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ”, ओलीले भने, “अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खामै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।” घर नजिकै पसल भएकाले उदारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उनले बताए ।

“राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भने, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।”

वडामै नौ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको मा छ ।

एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको उनले बताए ।

“आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौँ”, डिसीले भने । उनका अनुसार मृतकका परिवारले २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् ।

राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गरे । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ । -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP