
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित थिए। चीनले राहत सामग्रीमा उच्च गुणस्तरका ४६ सय गोटा कम्बल र कार्यालय नै चलाउन सकिने ६ सय ठूला टेन्ट पनि सहयोग गरेको हो। चीनले पठाएका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुर्याउने छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा आइपुगेका थिए।
चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। सामग्री बुझ्न गृहमन्त्री श्रेष्ठ पोखरा गएका हुन् ।
उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।