मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संविधान र व्यवस्थामाथि आक्रमण भैरहेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।  सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकाल्दै त्यसको रक्षामा जोड दिएको हो ।

बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् ।‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’

उनले राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्‍याउने गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको बताइन् ।

sarbadaliya-baithak-3.jpg

‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

एमाले सचेतक महेश बर्तौलाले पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृहप्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराएको जानकारी गराए । ‘शान्ति, संविधान र व्यवस्था भड्काउने जनतामा निराशा जगाउने प्रवृत्तिबारे ध्यानाकर्षण गरायौं । जनस्तर र सामाजिक सञ्जालबाट भ्रामक टिकाटिप्पणी गराउने खेती भइरहेको छ । यसबारे गम्भीर बन्न प्रधानमन्त्रीलाई भनेका छौं’, बर्तौलाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP