मंगलबार , भाद्र १६, २०८३

गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएकाे भाेलीपल्ट सोमबार मात्रै ५ हजार ःप्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन  । इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरे पछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन्।

इजरायलले सोमबार स्थानीय समय अनुसार १०ः०० देखि १४ः०० बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो,’ संयुक्त राष्ट्रले भन्यो, ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जंक्शनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्ण परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन,’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ । ‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनि बिभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP