शुक्रबार , जेठ २४, २०८२

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र  राहतका लागि सरकारले देश–विदेशमा रहेका इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गरेको छ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो।

‘विपद्‌को यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरू एवम् संघसंस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ’, सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तपसिलमा उल्लिखित खातामा रकम जम्मा गर्न सकिने बेहोरा समेत अनुरोध छा’

त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर सार्वजनिक गरेको छ ।

सहयोग रकम जम्मा गर्न सकिने बैंकहरु :

१. राष्ट्रिय बाणिज्य बैंक, पुतलिसड़क चल्ती खाता नम्बर ११३०१००००३७६२००१

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, चल्ती खाता नम्बर ००१००२०१००२९०७०१४

३. नेपाल बैंक लिमिटेड, काठमाडौँ, चल्ती खाता नम्बर००२००१००५१००३९०००००१

४. एभरेस्ट बैंक लिमिटेड, नयाँबानेश्वर, चल्ती खाता नम्बर ००१०११०२२०००१२

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट, चल्ती खाता नम्बर ०००१०१३२४३८०१

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर, चल्ती खाता नम्बर०४११०१००००००५

७. हिमालयन बैंक लमिटेड, ठमेल, चल्ती खाता नम्बर ०१९०५६३१२१००११

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग, चल्ती खाता नम्बर १७५००१७५०५२८५

९. हिमालयन बैंक लिमिटेड, कमलादी, चल्ती खाता नम्बर ०१९०५६३१२१००४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP