मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र  राहतका लागि सरकारले देश–विदेशमा रहेका इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गरेको छ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो।

‘विपद्‌को यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरू एवम् संघसंस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ’, सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तपसिलमा उल्लिखित खातामा रकम जम्मा गर्न सकिने बेहोरा समेत अनुरोध छा’

त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर सार्वजनिक गरेको छ ।

सहयोग रकम जम्मा गर्न सकिने बैंकहरु :

१. राष्ट्रिय बाणिज्य बैंक, पुतलिसड़क चल्ती खाता नम्बर ११३०१००००३७६२००१

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, चल्ती खाता नम्बर ००१००२०१००२९०७०१४

३. नेपाल बैंक लिमिटेड, काठमाडौँ, चल्ती खाता नम्बर००२००१००५१००३९०००००१

४. एभरेस्ट बैंक लिमिटेड, नयाँबानेश्वर, चल्ती खाता नम्बर ००१०११०२२०००१२

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट, चल्ती खाता नम्बर ०००१०१३२४३८०१

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर, चल्ती खाता नम्बर०४११०१००००००५

७. हिमालयन बैंक लमिटेड, ठमेल, चल्ती खाता नम्बर ०१९०५६३१२१००११

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग, चल्ती खाता नम्बर १७५००१७५०५२८५

९. हिमालयन बैंक लिमिटेड, कमलादी, चल्ती खाता नम्बर ०१९०५६३१२१००४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP