मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
आज (आइतबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP