मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काभेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो २ः१० बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीको  शिर मेमोरियल अस्पताल बनेपामा  उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनमा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको र उनको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP