मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक दिन पनि राख्न नहुने टिप्पणी गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार निकम्मा, नालायक, जनविरोधी, राष्ट्रविरोधी रहेकाले यो सरकार ढाल्न उपयुक्त हुने बताएका हुन् ।

‘यो सरकार एक दिन पनि राख्न नहुने हो । यत्तिको निकम्मा, नालायक, जनविरोधी, राष्ट्रविरोधी, कुनै सर्भिस डेलिभरी छैन । षड्यन्त्रण होईन, यो सरकार ढाल्नु एकदमै जायज हो,’– थापाले भने ।

प्रचण्ड नेतृत्वको सरकारले जनता र सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा कुनै पनि काम गर्न नसकेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्ड जुल्फी लर्काएर ऐना हेर्दै आफैं मख्ख परिरहेको टिप्पणी गर्दै उनले यो सरकारलाई महत्व दिन आवश्यक नरहेको बताए ।

‘उहाँ (प्रचण्ड) ले ऐना हेर्दै मख्ख पर्दै, जुल्फी लर्काउँदै, कपालमाथि फर्काउँदै, ऐना हेर्दै मख्ख पर्दै गर्नुभएको छ । त्यसको मैले महत्व दिनु ?’ उनले प्रश्न गरे ।

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिकाउने दाबी गरेको सन्दर्भमा केन्द्रीत हुँदै उनले रुकुम, रोल्पाका सोझा जनतालाई फेरि झुक्काउने कोशिस भएको बताए । अहिले प्रचण्डको विजोग रहेको उनले बताए । दसैं तिहारपछि सरकार टिकाउन सकिँदैन भनेर प्रधानमन्त्री प्रचण्ड छट्पट्टीरहेको उनको टिप्पणी छ ।

‘उहाँले रोल्पा, रुकुममा ०५२ सालअघि जसरी सोझासिधा जनताको आँखामा फूलो पार्ने कोशिस गर्नुभयो, त्यही क्रममा अहिले पनि झुक्काउन सकिन्छ कि भनेर धक्कु लगाउनु भएको हो । उहाँको विजोग छ, अब दसैं तिहारपछि सरकार चल्दैन भन्ने लागेपछि उहाँ छट्पट्टिनु भएको छ । जब सरकार चल्दैन भनेर उहाँले अनुभूति गर्नुहुन्छ, तब पाँच वर्षै चलाउँछु भन्नुहुन्छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP