बुधबार , बैसाख १०, २०८२

नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले राष्ट्रिय सहमतिकाे सरकार बनाउने बाटाेमा मुलुक नपुगेकाे बताएका छन् ।

अहिले विभिन्न काेणबाट धमिलाे पानीमा माछा मार्ने चलखेल भइरहेकाे छ । सहमतिकाे सरकारकाे व्यवस्था संविधानमा पनि छैन । याे राजनीतिलाई अस्थिर बनाउने प्रयास मात्र हाे । मुलक सहमतीय सरकार बनाउने स्थितिमा पुगेकाे छैन । तत्काल याे बेमाैसमी बाजा हाे,´ रेडियाे नेपाली नेटवर्ककाेनेपाली बहस´ काे कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता खतिवडाले तत्काल माओवादीसहितकाे सरकारलाई निरन्तरता दिनुकाे विकल्प नभएकाे टिप्पणी गरे । उनले थपे, `काेशी प्रदेशमा कांग्रेस-एमाले मिल्दा मात्र स्थिरता हुने देखियाे । भुरेटाकुरे पार्टी बाेकेर स्थिरता हुने भएन । केन्द्रमा पनि त्यस्तै गर्नुपर्छ भन्ने आवाज उठेकाे छ । तर एमाले पनि सरकार बनाउने फाल्ने काममा लागेकाे छैन । अहिले सहमतिकाे क्यारक्यार कुरकुर गर्ने अवस्था छैन । अहिलेकाे सरकारलाई नै निरन्तरता दिनुपर्छ ।´ खतिवडाले पुष्पकमल दाहाल प्रचण्डकाे सरकारकाे गति कम भएकाले थप गेयर लिनुपर्ने पनि औंल्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP