आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले राष्ट्रिय सहमतिकाे सरकार बनाउने बाटाेमा मुलुक नपुगेकाे बताएका छन् ।

अहिले विभिन्न काेणबाट धमिलाे पानीमा माछा मार्ने चलखेल भइरहेकाे छ । सहमतिकाे सरकारकाे व्यवस्था संविधानमा पनि छैन । याे राजनीतिलाई अस्थिर बनाउने प्रयास मात्र हाे । मुलक सहमतीय सरकार बनाउने स्थितिमा पुगेकाे छैन । तत्काल याे बेमाैसमी बाजा हाे,´ रेडियाे नेपाली नेटवर्ककाेनेपाली बहस´ काे कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता खतिवडाले तत्काल माओवादीसहितकाे सरकारलाई निरन्तरता दिनुकाे विकल्प नभएकाे टिप्पणी गरे । उनले थपे, `काेशी प्रदेशमा कांग्रेस-एमाले मिल्दा मात्र स्थिरता हुने देखियाे । भुरेटाकुरे पार्टी बाेकेर स्थिरता हुने भएन । केन्द्रमा पनि त्यस्तै गर्नुपर्छ भन्ने आवाज उठेकाे छ । तर एमाले पनि सरकार बनाउने फाल्ने काममा लागेकाे छैन । अहिले सहमतिकाे क्यारक्यार कुरकुर गर्ने अवस्था छैन । अहिलेकाे सरकारलाई नै निरन्तरता दिनुपर्छ ।´ खतिवडाले पुष्पकमल दाहाल प्रचण्डकाे सरकारकाे गति कम भएकाले थप गेयर लिनुपर्ने पनि औंल्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP