मंगलबार , बैसाख २९, २०८३

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।

बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई चुनौती दिए ।

उनले अघि भने, ‘यो परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्यो । अब (पूर्व)राजालाई गाली गरेर सत्तामा टिकिराख्ने, जनतालाई मुर्ख बनाइराख्ने दिन गयो ।’

जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए ।

लिङ्देन पार्टीसम्वद्ध प्रवासी नेपाली एकता समाजको तेस्रो अधिवेशनमा भाग लिन अमेरिका गएका हुन् ।

नविन राप्रपा कार्ययोजना अन्तरगत संगठन विस्तारलाई तिव्रता दिएको र भूगोल बाहिरको नेपालमा पनि संगठन विस्तार भइरहेको उनले जानकारी दिए । सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारीसहित अमेरिका उडेका राप्रपा अध्यक्ष लिङ्देन २१ गते फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP