मंगलबार , बैसाख २९, २०८३

मेलबर्न, अस्ट्रेलिया: मिनि नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गरिनुपर्छ भन्ने मान्यतालाई कदर गर्दै २५,०००.०० डलर प्रदान गर्ने घोषणा गरिएको छ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ र उहाँकी श्रीमती प्रभा देवी श्रेष्ठद्धारा ।

छोरी पुजाको जन्मदिन सकिएको र छोरा पुरक र बुहारी प्रियंकाको दोश्रो एनिभर्सरी आउन लागेको बीचमा चलिराखेको यो महायज्ञमा छोरीको जन्मदिन र छोरा र बुहारीको दोश्रो एनिभर्सरीको अबसर पारेर पनि यो घोषणा गरिएको जानकारी श्रेष्ठले आफ्नो फेसबुक पेज मार्फत गराएका छन । छोरी पुजाको १८ औं जन्मदिन मनाउने तयारी अन्तिम अवस्थामा पुगेको बेला नेपालमा बाढी आएको कारण जन्मदिन मनाउने काम रोकी धुर्मुस्-सुन्तली मार्फत बाढी पहिरो पीडितका लागि ५ हजारभन्दा बढी डलर प्रदान गरिएको जानकारी पनि स्मरण गराएका छन श्रेष्ठले ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमका कारण मेलबर्नमा बनाउने उद्धेस्य राखिएको नेपाली मन्दिरका लागि १२० रोपनीभन्दा बढी जग्गा किन्न संस्था समर्थ भएको र अब संकलित रकम गुरु योजना मुताबिकको मिनि नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माणकार्यमा प्रयोग गरिने पनि जानकारी गराएका छन श्रेष्ठले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP