मंगलबार , भाद्र १६, २०८३

नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् ।

यो सडक खण्डमा दुर्घटना समेत हुने जोखिम बढेको छ । ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो।

बुटवल–नारायणगढ सडक आयोजनाका इन्जिनियरले वर्षायामका कारण अहिले धेरै काम नभए पनि तोकिएको मितिमा काम सम्पन्न गर्ने गरी आफूहरूले काम गरेको बताएका छन्।

अहिले एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ । यसका लागि सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापामगरको दाबी छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरवस्थाले १० वर्षसम्म टिक्ने गाडी १ वर्षमै बिग्रने गरेको बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP