मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।

अर्को प्रशंगमा उनले सत्ता गठबन्धन पाँच वर्षका लागि बनेको बताउँदै यो कसैले भत्काउन नसक्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP