मंगलबार , बैसाख २९, २०८३

राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दसैं टिका बहिष्कार गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा अहिलेसम्म भएका तीन जना राष्ट्रपतिले पार्टी, गुट र नेताको रुपमा आफूलाई उभ्याएको आरोप लगाएका छन् ।

उनीहरु देशको राष्ट्रपति नभएको पनि टिप्पणी गरेका छन् । उनले राष्ट्रपति पौडेललाई ’पाप–कर्म’ को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ भन्दै अब अति भइसकेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्-

राष्ट्रपति पौडेलको टिका बहिष्कार गरौँ – किन?
(मन परे व्यापकरूपमा श्यर गरिदिन आग्रह सहित)
१। राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनु पर्ने हो। तर गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भए – देशका भएनन्।
अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन “आफ्नै मान्छे” हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन। “राष्ट्र र राज्य”को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ।
२। त्यसमाथि हालै संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै छ।
त्यसैगरी पौडेलले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिए। ती जघन्य अपराधीको मात्र हैन, सजायाँ माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ।
३। असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप-कर्म’ आम-जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने?
४। राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजायँ दिऊँ। यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ।
५। हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो।
त्यसैले फेरी दोहोऱ्याउँ: राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई वहिष्कार गरौँ। उनलाई ‘पाप-कर्म’ को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ। अति भइसक्यो!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP