शनिबार , भाद्र १३, २०८३

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।

बडादसैँ अन्तर्गत आज नवरात्रको आठौँ दिन । यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजाआराधना गरिँदै छ ।

माता दुर्गाको आठौँ स्वरुपलाई महागौरी भनिन्छ । यस रुपमा उनको पुरै शरीरको रङ्ग सेतो र उनले धारण गरेको सम्पूर्ण वस्त्र आभूषणहरु पनि सबै सेतै छन् ।

उनका चारवटा हातहरू छन् र बाहन साँढे हो । उनले दाहिने तर्फको दुबै हातमा वरमुद्रा र त्रिशूल लिएकी छिन् भने वायाँतर्फका हातमा डमरु तथा अभयमुद्राले सुसज्जित भएकी छिन् ।

नवरात्रको आठौँ दिनमा उनको पूजा गर्ने चलन छ । उनको पुजन अमोध तथा सधैँ फलदायी सिद्ध भएको छ । माता गौरीको पुजनबाट भक्तजनलाई चारैतिरबाट कल्याण हुनुकासाथै पहिलेको सबै पापकर्मको पनि नास हुँदै जान्छ ।

उनको कृपाबाट अद्भूत र अलौकिक सिद्धि प्राप्त हुन्छ । जुन मानिसले सधैँ माता गौरीको भक्ति गर्दछन् उनीहरुको सबै मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ । शास्त्र, पुराणहरूमा उनको महिमाको धेरै वर्णन भएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP