मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईलाईं सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधीको संज्ञा दिएका छन् । हालै मेडिकल व्यवसायी प्रसाईंले नेता बस्नेतलाई गुण्डाको संज्ञा दिएका थिए । त्यसको जवाफमा नेता बस्नेतले प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधी भनेका हुन् । उनले आफूहरुकै कारण दुर्गा प्रसाईजस्ताका गलत सपना चकनाचुर भएको पनि दाबी गरेका छन् ।

नेता बस्नेतले फेशबुकमार्फत प्रसाईंलाई जवाफ फर्काएका छन् । उनले भनेका छन्,”अपारदर्शी आयआर्जन, माफियातन्त्र, तस्करी, बिदेशी तस्करहरुको श्रोत साधन एवं गरेर अनेक धन्दा चलाइरहेका यिनीहरुलाई हाम्रो भूमिकाको कारण चुनौति थपिएको छ । सोझासाझा जनतालाई धर्मको नाममा उचाल्ने, ऋण मिनाहाको प्रलोभन दिएर उस्काउने र त्यस्तै त्यस्तै असंख्य लोभलालच दिएर उनीहरुमार्फत झुटा आश्वासन छरेर समाजलाई भ्रमित पार्ने र उनीहरुलाई प्रयोग गरेर आफुलाई मन नपरेका र पन्छाउनुपर्ने मान्छेलाई धम्काउने, तर्साउने अनि ढुङ्गा हान्ने अबरोध गर्ने र निषेध गर्नेजस्ता सपना चकनाचुर भएका छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP