बुधबार , बैसाख १०, २०८२

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईलाईं सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधीको संज्ञा दिएका छन् । हालै मेडिकल व्यवसायी प्रसाईंले नेता बस्नेतलाई गुण्डाको संज्ञा दिएका थिए । त्यसको जवाफमा नेता बस्नेतले प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधी भनेका हुन् । उनले आफूहरुकै कारण दुर्गा प्रसाईजस्ताका गलत सपना चकनाचुर भएको पनि दाबी गरेका छन् ।

नेता बस्नेतले फेशबुकमार्फत प्रसाईंलाई जवाफ फर्काएका छन् । उनले भनेका छन्,”अपारदर्शी आयआर्जन, माफियातन्त्र, तस्करी, बिदेशी तस्करहरुको श्रोत साधन एवं गरेर अनेक धन्दा चलाइरहेका यिनीहरुलाई हाम्रो भूमिकाको कारण चुनौति थपिएको छ । सोझासाझा जनतालाई धर्मको नाममा उचाल्ने, ऋण मिनाहाको प्रलोभन दिएर उस्काउने र त्यस्तै त्यस्तै असंख्य लोभलालच दिएर उनीहरुमार्फत झुटा आश्वासन छरेर समाजलाई भ्रमित पार्ने र उनीहरुलाई प्रयोग गरेर आफुलाई मन नपरेका र पन्छाउनुपर्ने मान्छेलाई धम्काउने, तर्साउने अनि ढुङ्गा हान्ने अबरोध गर्ने र निषेध गर्नेजस्ता सपना चकनाचुर भएका छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP