मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको र उनी पूर्णरुपमा सचेत रहेको चिनीयाँ अस्पतालले जनाएको छ ।

श्रेष्ठको स्वास्थ्य अवस्था  बारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङुले शुक्रबार दिउँसो ’ मेडिकल सर्टिफिकेट’ जारी गरेको हो ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेको र उनको अवस्था स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ ।’तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)  मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयाघात भएको थियो ।

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

kaji_china.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP