बुधबार , बैसाख १०, २०८२

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिर धकेल्ने प्रयास शुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीले एमालेको साथसहित विश्वासको मत पाए लगत्तै माओवादीले यस्तो गतिविधि थालेको हो । माओवादीका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताए ।

बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको टिप्पणी गरे

‘त्यसैले एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्’, उनले भने । मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए ।
माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले स्मरण गरे । कांग्रेसका आठ जना सांसदसहित एमालेको साथ लिएर केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । र, सत्तागठबन्धनले एमालेलाई बाहिर  पठाउने गतिविधि थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP