मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाएका छन् ।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् ।संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सा‌ंसदले विपक्षमा मतदान गरे  । राप्रपाका एक सांसद भने अनुपस्थित रहे ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् ।
कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा निर्वाचन भएको नौ महिनाको अवधिमै संविधानले व्यवस्था गरेका चार वटै उपधाराको प्रयोग भएको छ भने उपधारा ५ बमोजिमको सरकार गठनमा कांग्रेस र सत्ता गठबन्धनमा विद्रोहका बाबजुद नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका छन् ।

योसँगै संघ र सात वटै प्रदेशमा विपक्षमा रहेको एमाले कोशी प्रदेशमा सरकारमा सामेल भएको छ । कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । तर, कांग्रेसका कार्कीसहित ८ सांसदले विद्रोह गरेर एमाले सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनले आङ्बोको दाबी फिर्ता गराएर कार्कीलाई नै सहयोग गरेको थियो ।मुख्यमन्त्री कार्कीले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै एमालेलाई सामेल गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP