सोमबार , बैसाख २२, २०८२

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन्। ३० वैशाख २०७९मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर जितेकी साहले एमाले परित्याग गरेपछि उनी पदमुक्त भएकी हुन्।

दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।निर्वाचन आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको छ। साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन र उनी आम जनता पार्टीमा लागेकी छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतान्तरले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन्।  साहले ५५५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका थिए।

ec.png

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP