मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्। राई र रानाले पनि आइतबार नै शपथ लिए । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

kosi.jfif

सत्तारुढ गठबन्धनले मुख्यमन्त्री कार्कीलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गर्दै एमाले बाहेकको प्रदेश मन्त्रिपरिषद् गठन हुने अपेक्षा गर्दै आएको थियो ।तर कार्कीले आफूलाई समर्थन गर्ने एमालेलाई समेटेर सरकार बनाएका छन् ।

संविधान धारा १६८ (५) अनुसार अनुसार कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । कांग्रेसका सांसदहरु कांग्रेस नेता शेखर कोइराला निकटका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए ।

शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए ।

एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको र त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको छ । उनीहरुले कार्की आफ्नो प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन कायमै रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP