आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले पनि कोशीबाट ८ सीटेको पछि लाग्न सुरु भएको ब्यंग्य गरेका छन् ।

केहिदिन अघि एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ८९ सीट भएर पनि ३२ सिट रहेको माओवादी केन्द्रलाई सत्ता सुम्पिएको भन्दै कटाक्ष गरका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शर्माले ओलीको उक्त अभिव्यक्तिको जवाफ फर्काएका हुन् ।

ओलीले दिएको उक्त अभिव्यक्तिको जवाफ फर्काउँदै महामन्त्री शर्माले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

शनिबार एमालेका ३९ सांसद्को समर्थनमा कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी केन्द्रीय सत्ता गठबन्धनलाई चूनौति दिँदै मुख्यमन्त्री बनेपछि कांग्रेसको संस्थापन पक्ष मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेको पनि आलोचनामा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP