
विराटनगर । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।
उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।
बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन् ।