आइतबार , भाद्र १४, २०८३

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि अबको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो छ ।

एमालेको समर्थनमा नेपाली कांग्रेसको शेखर कोइराला पक्षमा सांसद केदार कार्की र कांग्रेससहितको सत्तागठबन्धनका दलको समर्थनमा नेकपा माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेपछि अब प्रमुखले दुई मध्ये एकलाई नियुक्त गर्नुपर्नेछ ।

विहीवार परामर्शका लागि समय चाहिने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले आज एक जनालाई नियुक्त गर्नुपर्नेछ । र, उनी यतिखेर कानूनी परामर्शमा छन् । संविधानको धारा १६८ ९५० अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् ।तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् ।

कार्कीले आफूसहित कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।

कार्कीसहित कांग्रेसका ८ सांसद प्रदेश प्रमुख खापुङ्गसमक्ष सशरीर उपस्थित भएर इन्द्र आङ्बोको समर्थनमा आफूहरूले हस्ताक्षर नगरेको भन्दै पुरानो हस्ताक्षर ल्याएर झूटो विवरण पेश गरेको दाबी गरेका छन् । उनीहरूले आफ्नो उम्मेदवार केदार कार्की भएको बताएका छन् ।

कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ । त्यसैले पुरानो व्याख्याले केदार कार्की मुख्यमन्त्री हुने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP