बुधबार , भाद्र १७, २०८३

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ।

खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गत २१ गते साँझ नेपाली सेनाको खड्गदल गण र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीको क्रममा मृत गैंडा भेटिएको हो। भाले गैंडाको आक्रमणबाट पोथीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको तिवारीले बताए।

यस आर्थिक वर्षमा चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा सिकारीले मारेको हुनसक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP