बुधबार , भाद्र १७, २०८३

काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज साँझ नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ।

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे इजरायल जाने  परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर विमान इजरायल जानेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसँग यसबारे छलफल गरेका थिए।

नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएपछि जहाज इजरायल जाने भएको हो।

इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ ।

मध्यपूर्वी देश इजरायली भूमिमा र इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको भीषण युद्ध बुधबार पाचौँ दिन पनि जारी छ। रोजगारी र सीप सिक्न गएका कैयौं नेपाली समेत युद्धको चपेटामा छन्।

इजरायल र प्यालेस्टाइनबीच जारी तनावमा कुनै साइनो सम्बन्ध नराख्ने नेपाली नागरिकसमेत त्यसको घानमा परिरहेका छन्। यो युद्धमा इजरायलतर्फ हजारौं जना मारिएका छन्। त्यसमा १० जना नेपाली पनि छन्। एकजना नेपाली हराइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP