सोमबार , बैसाख २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले अख्तियार प्रमुख  प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा प्रतिनिधिसभा सदस्य लामिछानेले वाइडबडी विमान खरिद प्रकरण, लडाकु शिविर अनियमितता, ओम्नीलगायत चर्चामा रहेका ठूला प्रकरणबारे प्रमुख आयुक्तसँग जवाफ मागेका हुन् । छलफलका क्रममा लामिछानेले राइसँग कयौं प्रश्न गरे ।

‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि, कहाँ छ ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो ? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यती लिजमा दिएको कहाँ पुग्यो ? ओम्नी फाइल क्लोज भयो कि ? के भयो ? लामिछानेले राईलाई सोधे ।

लामिछानेले एन्फाका तत्कालीन अध्यक्षले गरेको अनियमितताबारे अख्तियारले किन अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भनेरसमेत प्रश्न गरे । ‘तत्कालीन एन्फाका अध्यक्षले भ्रष्टाचार गरेको विदेशीले देख्ने ? हामीले नदेख्ने ?’लामिछानेले भने, मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय अख्तियारले हेर्नपर्छ । तपाईंहरूलाई कसैले छेकेको बाँधेको हो कि ? डर मानेको हो कि ?

त्यस्तै उनले दुई तिहाई मुद्दामा अख्तियार असफल भएको पनि टिप्पणी गरे । ‘विगत ५ वर्षमा मुद्दा दर्ताको नाजुक अवस्था छ । मुद्दा दर्ताको संख्या घटेको छ । डर भएर रहेको हो ? जसको पहुँच छैन उसलाई डर । खोइ त ठूला माछा ?’ उनले अख्तियार प्रमुख राइलाई सोधे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP