मंगलबार , बैसाख २९, २०८३
काठमाडौँ |  मिति २०८० असोज २१ गते संयुक्त अरब इमिरेट्सका लागि नवनियुक्त महामहिम राजदूत श्री तेजबहादुर क्षेत्रीले युएईमा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभयो।
कार्यक्रममा महामहिम राजदूतज्यूले युएईमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान तथा समृद्ध नेपाल निर्माणको लागि द्विपक्षीय व्यापार, वैदेशिक लगानीजस्ता विषयमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै राजदूतावास र नेपाली समाजको सहकार्यले मात्रै उल्लिखित कार्यहरू गर्न सकिने धारणा राख्नुभयो। साथै उहाँले राजदूतावासको सेवालाई सेवाग्राहीमैत्री, पहुँचयोग्य, सहज र चुस्त दुरुस्त बनाउन सबै निकायसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो।

नियोग उपप्रमुख श्री विशाल भट्टराईले विद्यमान समस्या समाधानका लागि यहाँको सरकारसँग समन्वय गर्ने, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन पहल गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने, राहदानी नवीकरणलाई थप सहज बनाउने लगायतका कार्यहरूमा नेपाली समुदायसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो।
लेबर काउन्सेलर श्री दीनबन्धु सुवेदीले नेपाली श्रमिकहरूको समस्या समाधान तथा गुनासो व्यवस्थापन, श्रमिकको हकहितको सुरक्षाका लागि यहाँको कानूनी व्यवस्था आकर्षित हुने भएकाले प्रक्रियागत रूपमा केही कठिनाइ भए तापनि राजदूतावासले सदैव सक्रिय भएर काम गर्दै आएको जानकारी गराउनुभयो।

उक्त कार्यक्रममा उपस्थित सहभागीहरूले भिजिट भिसामा आएर अलपत्र पर्ने/पार्ने, विभिन्न अस्पतालमा रहेका नेपालीहरूलाई सहज उपचारको व्यवस्था मिलाउने, नेपालीहरूले नै नेपालीलाई दुःख दिने जस्ता समस्या रहेकोले समस्या समाधान गर्न राजदूतावासले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै आ-आफ्नो क्षेत्रबाट राजदूतावाससँग समन्वय, सहकार्य र खबरदारी गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। उक्त कार्यक्रममा NRNA, नेपाली समाज, विभिन्न वैचारिक संघ-संगठनका प्रतिनिधि एवम् पत्रकार महासंघ युएईलगायतका ३५ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम नियोग उपप्रमुख श्री विशाल भट्टराईले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP