मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरिएको हो ।

सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं। वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गरेको जानकारी दिए ।

उनले भने–‘अहिले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ खुला गरेका छौं । त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउनेछौँ ।’ पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिँदै उनले भने– ‘आजबाट परीक्षणको रूपमा शुरू गरेका छौं । छठपछि थप व्यवस्थित गराउनेछौं ।’

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारीमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिए । यसैबीच कामपाले न्युरोड क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ ।

न्युरोड वरपर रहेका खाली क्षेत्र, सपिङ मलको भूमिगत तला खाली गराई ती क्षेत्रमा पार्किङ व्यवस्थापन गरी न्युरोड क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कामपाको तयारी रहेको छ । त्यसको लागि महानगर प्रहरीले धरहरा, काठमाडौं मललगायतका क्षेत्र अवलोकन गरेको छ ।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP