
काठमाडौं । इजरायलमा १० जना नेपालीको ज्यान गएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रिय शोक घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।
मन्त्री शर्माका अनुसार बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको छ। सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।