
संघीय निजामती विधेयकलाई लिएर नौ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठीचार्जबाट केही कर्मचारी घाईते भएका छन् । प्रहरी हस्तक्षेपपछि आक्रोशित कर्मचारीले अब स्थानीय तहमा सै काम ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारले आफ्ना मागप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

