मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलापछि इजरालमा बंकरमा बसेका  पाँच नेपाली विद्यार्थीले बचाउन सरकारसँग गुहार मागेका छन्।

 

फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै उनीहरुले सरकारसँग ज्यान बचाउनका लागि गुहार मागेका हुन् । विपिन सुवेदीले असुरक्षित बंकरबाट जारी गरेको भिडिओ सन्देश अनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन्।

उनले आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

‘म विपिन सुवेदी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरू, यहाँ हामी पाँच जना छौँ  । म यो भिडिओ नबनाउने स्थितिमा थिएँ, घरकालाई पीडा हुन्छ भनेर, घरकालाई तनाव हुन्छ भनेर। तर घरभन्दा माथि उठेर, अहिले हामीलाई देशले केही नगरेको अवस्थामा, हामी यो भिडिओ बनाउन विवश छौँ।’ उनले भनेका छन्, ‘हामी यहाँ पाँच जना छौँ। यो अहिले हजुरहरू देखिरहनुभएको छ-यो बंकर हो, हामी जहाँ बसिरहेका छौँ। यो बंकरमा करिब ३ दिन भयो हामी बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि एम्बेसीले हामीलाई उद्धार गर्छ कि भनेर यो लुगा लगाएर पनि, लुगा लाकोजस्तो गरेर। आश त्यति छ हामीलाई। तर हामी यहाँ रातभरि, दिउँसोमा त, अहिले बिहानको कुरा भयो। बिहान ८ बजिराछ अहिले। यो बिहान भएर हामीलाई यति धेरै बनाउन आँट आइरहेको छ।’

जब रात पर्छ, तब  बस्ने बंकरमाथि मिसाइल खस्ने र मरिने डरले रातभरि निद्रा नलाग्ने उनले बताएका छन्। ‘हामी जब साँझ पर्छ, रातिमा यो बंकर पनि माथि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौँ। अझै हामी पनि गुम्छौँ कि भन्ने डर छ’ । दस जना साथीको त्यो चिच्याहट, दस जना साथीले हामीलाई गरेको त्यो हारगुहार, सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। हामीलाई त्यति मात्र होइन, मिसाइल हाने पनि यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरा होला। हामी यहाँ आउने ढोका, जो अहिले हामीलाई उज्यालो आइराछ, त्यो ढोका ओपन (खुला) छ, त्यहाँ आएर टेरोरिस्ट (आतंककारी)  ले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने ! सुवेदीले भिडियोमा भनेका छन, प्लिज बिन्ती छ,हामी अब अझै कुर्न सक्दैनौँ। हामी न्युजमा सुन्छौँ– इन्डियाले एउटा टिकटक स्टारलाई  प्लेन चार्टर गरेर इन्डिया लग्यो भनेर। हाम्रो नेपाल सरकारले हामी यत्रो विद्यार्थीलाई– हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौँ होरु हामी ३९ जनामा १० जना त गुमाइसक्यौँ, अझै पनि जति बचेका छौँ, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि ?  देश फर्केर हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गर्दियोस्, हामीलाई मिटिङ भइराछ यतात्यता सुनाउनु पर्दैन। म्यासेजमा हामीले यस्तो गरिराछौँ भन्नुपर्दैन। राज्यले यो गरिराछ, त्यो गरिराछ, हजुरहरू मिटिङ गर्नुस्, चाहे जे गर्नुस्। तीन दिन भयो, त्यो पनि त सोच्दिनुस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP