बुधबार , भाद्र १७, २०८३

काबुल । अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्।  शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। सयौं घाइते पनि भएका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्‍याउन थालेका छन्।

शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर-पश्चिममा भूकम्प गएको थियो। सबैभन्दा नराम्ररी प्रभावित माटोका संरचनाहरू छन्। “पहिलो झट्कामा सबै घरहरू ध्वस्त भए,” हेरातका बासिर अहमदले एएफपी समाचार एजेन्सीलाई भने। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।

मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ । यसअघि आइतबार तालिबान सरकारले दुई हजार मानिस मारिएको वा घाइते भएको बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP