बुधबार , भाद्र १७, २०८३

काठमाडौं | सेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ। परिसूचक १ दशमलव ८२ प्रतिशतले घटेर १ हजार ९ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो।

पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै सेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन। नेपाल राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको थियो।

यसअघि सेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो। त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० रुपैयाँ करोड बनाइएको छ। सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो।

आज २८९ कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता सेयर ५९ हजार १७१ पटक खरिदबिक्री हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ७२ र होटल तथा पर्यटन समूह २ दशमलव ३५ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा १६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९ दशमलव ५९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डिबेन्चर– २०८५ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ६ करोड ७३ लाख ८१ हजार ५६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सानिमा बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख ५० हजार कित्ता खरिदबिक्री भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP