बुधबार , भाद्र १७, २०८३

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । गत भदौ २२ गते मुख्यमन्त्री बनेका उनले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए।

तर, प्रदेशसभाबाट विश्वासको मत पाउने वातावरण नबनेपछि पदबाट राजीनामा दिने तयारी गरेका हुन्। एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनसार मुख्यमन्त्रीले केहीबेरमा राजीनामा दिने तयारी गरेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनकाका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सुरु भएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

तर, मुख्यमन्त्रीले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने टुंगो लाग्न समय लागेपछि बैठक निर्धारित समयभन्दा ढिलो सुरु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP