बुधबार , भाद्र १७, २०८३

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

खेल आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ।

यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेलमा जित निकालेको थियो भने दुई खेल बराबारी भएको थियो।

नेपालले लाओसविरूद्ध होम र अवे गरी दुईवटा खेल खेल्ने छ।

दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुने छ।

लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ। दोस्रो चरणमा नेपालले युएई, बहराइन र यमन र श्रीलंकाबीचको विजयी टोलीसँग खेल्ने छ।

लाओसविरूद्धको खेलका लागि अहिले २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको सम्पूर्ण तयारी अगाडि बढाइएको जनाएको छ। खेल हेर्नका लागि साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP