आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी कम्युनिष्ट आन्दोलनभन्दा कान्छो भएपनि बूढो भएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस साच्चै पुरानो र थोत्रो भएको टिप्पणी गरेका हुन् ।

‘वर्षमा कांग्रेस कम्युनिष्ट आन्दोलनभन्दा अलिकति कान्छो नै हो । इतिहासले भन्छ, कांग्रेस कम्युनिष्टभन्दा अलिकति कान्छो हो ।’ ओलीले भने, ‘कांग्रेस मेवाको बोटजस्तो हो, साँच्चै पुरानो भयो कांग्रेस पार्टी । साँच्चै थोत्रो, केही पनि गर्न नसक्ने ।’

आँप र मेवाको उद्धाहरण दिँदै उनले एमाले आँपको वृक्ष भएको दाबी गरे । ८७ सिट भएर पनि कांग्रेस नाती समानको पार्टीसँग पछि लागेर लुरुलुरु हिडिरहेको उनले बताए । कांग्रेस केही गर्न नसक्ने निरिह भएको टिप्पणी गर्दै ओलीले कांग्रेसलाई आफूसँग कति सिट छ भन्ने पनि थाहा नरहेको बताए ।

‘८७ सिट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ । अहिले बुढो भएपछि नातीको पछाडि हिँड्नु परेको छ कांग्रेसलाई । निरिह, केही गर्न नसक्ने भएको छ । आफूसँग कति सिट छ पनि चाल पाउँदैन,’– ओलीले भने ।

जनताको जीवनमा परिवर्तन ल्याउने, गरिबी निवारण गर्न सक्ने, सामाजिक न्याय कायम राख्न सक्ने पार्टी एमालेमात्रै भएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP