मंगलबार , अषोज २७, २०८३

क्यानबेरास्थित नेपाली राजदूतावासको फोन नउठेर हैरान भएका नेपालीहरुले अब राहतको शास फेर्न पाउने भएका छन । नेपाल सरकारले नभई एनआरएनए न्यु साउथवेल्सले एक जना फोन उठाउने कर्मचारी दूतावासमा राख्न पहल थालेसँगै फोन नउड्ने सास्तीबाट छुटकारा मिल्ने आशा गरिएको हो ।

एनआरएनए न्यु साउथवेल्स राज्य संयोजक बिनोद कुँबरले नेपाली राजदूतावासबाट आउने गुनासो सम्बोधनका लागि आफूहरुले कर्मचारी व्यवस्था गरेर सहयोग गर्न लागेको जानकारी दिनुभयो । पहिला तीन महिनाका लागि करारमा राखिने कर्मचारीको काम फोन उठाउने, राहदानीसम्बन्धी जानकारि उपलब्ध गराउने हुनेछ । नेपाल सरकारले कर्मचारी नपठाएको खण्डमा तीनमहिने करार थपेर २ वर्षसम्म लम्ब्याउने सकिने समेत एनआरएनए न्यु साउथ वेल्सले जनाएको छ । यी कर्मचारीको तलब सरकारी कोषबाट नभई एनआरएनए पदाधिकारीबाटै उपलब्ध गराइने बताइएको छ ।

क्यानबेरा आसपासमा फुल टाईम कामदारको खोजीमा रहेको र यस्तो काम गर्न योग्य नेपाली युवायुवती कोही हुनुहुन्छ भने एनआरएनए न्यु साउथवेल्स मार्फत दूतावासमा जोडिनसक्नुहुनेछ । एनआरएनए अभियन्ताहरुले दूतावासको समस्याको अस्थायी समाधान खोजेपनि पर्याप्त कर्मचारिको व्यवस्था गर्दै नेपाली समुदायलाई झञ्झटरहित सेवा दिन अहिलेदेखी नै गृहकार्य गर्नुपर्छ । नेपाली दूतावासको सेवामा बारम्बार प्रश्न उठ्ने होइन, वा क्या राम्रो भन्ने सुन्न र देख्न पाइयोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP