मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।

आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।
डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ । तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन ।

त्यस्तै, तपाई)ले आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ । डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP