बुधबार , भाद्र १७, २०८३

काठमाडौं । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो ।
संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो। पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक  पक्राउ परेका हुन ।

यो प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ।
सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP