आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।

रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो। ९९७ प्रतिनिधिमध्ये ९७७ ले मतदान गरेको एमाले प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।मतगणना आज दिउँसो १ बजे सुरु गर्ने तयारी छ। अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्।

उपाध्यक्षमा टीकाराम चेम्जोङ र ४९ जना सदस्य भने निर्विरोध भइसकेका छन्। सचिवमा शैलेश लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् भने उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी चुनावी मैदानमा छन्। अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी  आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP