मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले आफ्नो चीन भ्रमणबारे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई देशको हवाइ उडान सहकार्यका विषयमा पनि कुराकानी भएको बताए ।

‘नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाइ उडान गर्ने र दुई देशको हवाइ उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ’ उनले भने ।

भ्रमणका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको उनले बताए ।

चिनियाँ पक्षले काठमाडौं–तातोपानी सडक अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सुरु गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

हिल्सा सिमकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन र टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने पनि सहमति भएको उनले बबताए ।

‘नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने भएको छ । स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा सिमकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएका छन्, उनले भने, ‘नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौं बैठक छिटै गर्नेमा सहमति भएको छ ।’

मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP