मंगलबार , असार ३, २०८२

काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।

एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरे । अध्यक्षमा विजयी ढुंगेलले ६९६ र पराजित दाहालले ४३९ मत पाए । उपाध्यक्षमा दावादोर्जे लामाले जितेका छन् ।  उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्।

सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भए। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए। खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भए । महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP