शनिबार , भाद्र १३, २०८३

चितवन समाज अस्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला सर्वसम्मत चयन भएका छन् । सिड्नीको मेरिल्याण्ड स्थित रेस्ट फक्ंसन सेन्टरमा २४ सेप्टेम्बर आइतबार सम्पन्न समाजको छैठौ साधारण सभाले सडौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको सचिवमा प्रतिक खरेल ,कोषाध्यक्षमा सिरिश बर्तौला ,सह कोषाध्यक्षमा रबि पोखरेल तथा पब्लिक रिलेसन अफिसरमा सरोज पण्डित चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा हेमराज काफ्ले ,राधिका गौली ,आनन्द पाठक ,सुजन बर्तौला ,सुशील सडौला ,रबिन्द्र कंडेल ,राम डल्लाकोटी ,अमिन मोहम्मद ,सौगात त्रिपाठी र पुस्पा पाठक चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको निर्वाचन समितिका संयोजक बुद्धि डल्लाकोटीले घोषणा गर्दै सपथ समेत खुवाएका थिए । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता एवम् एनआरएनए अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै समाजका निवर्तमान अध्यक्ष पूणर्नाथ घिमिरेले आफ्नो कार्यकालमा समाज मार्फत भएका विभिन्न कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई व्यक्त गरे । उनले समाजको लक्ष्य बमोजिम नयाँ कार्यसमितिले कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष सडौलाले अग्रजहरुका सल्लाह र सुझावलाई ग्रहण गर्दै समाजलाई अझै सशक्त बनाउँदै संस्थालाई चलायमान बनाएर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले मातृभूमीको दुख र अफ्ठ्यारोमा संस्थाले सदैव फ्रन्टलाईनमा रहेर काम गर्दै आएको भन्दै सबै संघ संस्था र व्यक्तिहरुसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP